• पोखरामा भोलिदेखि निःशुल्क सटल बस सेवा सुरु हुँदै

    पर्यटनको राजधानि पोखरामा नेपाली नयाँ बर्षको अवसरमा भोलि(मंगलबार) देखि निःशुल्क सटल बस सेवा सुरु हुने भएको छ । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अम्मरसिंह चोकसम्म निःशुल्क इलेक्ट्रिक सटल बस सेवा सुरु हुन लागेको महानगरले पोखराक्लिकलाई जनाएको छ ।

    उक्त सेवा मंगलबार औपचारिक रूपमा सुरु हुँदैछ। पोखरा महानगरपालिका को पहलमा विभिन्न वित्तीय संस्था र यातायात व्यवसायीको सहकार्यमा यो योजना अघि बढाइएको हो। पाइलट परियोजनाका रूपमा असार मसान्तसम्म यो सेवा निःशुल्क प्रयोग गर्न पाइने भएको छ । त्यसपछि भने न्यूनतम शुल्कमा नियमित रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ।

    पोखराका मेयर धनराज आचार्य का अनुसार पोखरामा विमानस्थलदेखि लेकसाइड वा शहरका विभिन्न ठाउँमा जाँदा महँगो ट्याक्सी भाडाको गुनासो बढेपछि यसको विकल्पका रूपमा यो सेवा सुरु गरिएको हो। विमानस्थलबाट मुख्य चोक क्षेत्रमा यात्रुलाई ल्याए पछि विभिन्न विकल्पमा आफ्नो गन्तव्यमा पुग्न सकुन भन्ने उद्धेश्यले पहिलो चरणमा २ वटा बसबाट उक्त सेवा संचालन हुने भएको उहाँले  जनाउनु भयो । सटकल बस अत्याधुनिक सुविधा सहितको ३२ सिटे इलेक्ट्रिक बस हुनेछ, जसमा आरामदायी यात्रा अनुभवका साथै लगेज राख्ने सुविधा पनि पाइनेछ। बिहान ६ बजेदेखि राति १० बजेसम्म दैनिक दुई वटा बसले निरन्तर सेवा दिने व्यवस्था मिलाइएको छ। महानगरले प्रत्येक बस खरिदमा करिब १ करोड ६० लाख रुपैयाँ लगानी गरेको जनाएको छ।

    यससँगै, मेयर धनराज आचार्य ले पोखरामा वातावरणमैत्री यातायात विस्तार गर्न व्यवसायीहरूलाई पनि इलेक्ट्रिक बस सञ्चालनमा आउन आग्रह गर्नुभयो । यो सेवा केवल यात्रु सुविधा मात्र नभई इलेक्ट्रिक सवारी प्रवर्द्धन गर्ने अभियानको सुरुवात पनि भएको मेयर आचार्यको भनाई छ । पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले नयाँ वर्षकै दिन मंगलबार विमानस्थलमा एक समारोहका बीच सेवाको उद्घाटन गरिने तयारी गरिएको छ ।

  • राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने

    गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्नुपर्ने व्यवस्था हटाएको छ। सेवाग्राहीहरूले छुट्टै आवेदन फाराम भर्नु नपरी सिधै बायोमेट्रिक विवरण दिन सक्ने भएका छन्।

    केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तर–आबद्धता भएपछि यस्तो सुविधा सुरु गरिएको मन्त्रालयले जनाएको छ।

    आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित जिल्ला प्रशासन कार्यालयको निरीक्षण गर्दै दोहोरो प्रक्रिया हटाएर सेवा सरल बनाउने नीति अघि बढाइएको बताए।

    मन्त्रालयका अनुसार नयाँ व्यवस्थाले सेवा प्रवाह छिटो, खर्च घटाउने र सुशासन कायम गर्न सहयोग पुग्नेछ। हाल दैनिक ६–८ हजार राष्ट्रिय परिचयपत्र बनिरहेका छन्।

    देश
    २०८२ असार १८, बुधबार ०६:३४ गते

    मनसुनका एक महिनामा ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते

    काठमाडौँ/ गत जेठ १५ देखि असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन्।…
    गण्डकी
    २०८२ असार १३, शुक्रबार ०६:४८ गते

    गण्डकी प्रदेश सभा बैठकमा प्रतिपक्ष र सत्तारुढ सांसदको सरकारलाई प्रश्नैप्रश्न, अर्थ सचिवले लगेको बजेट रोकेर देखाउन चुनौती

    पोखरा/ गण्डकी प्रदेश सभामा प्रतिपक्ष माओवादी सांसद दमयन्ती रुचालले प्रदेशका अर्थ सचिवले लगेको बजेट रोकेर…
    देश
    २०८२ असार १२, बिहीबार ०६:२२ गते

    फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान

    सोलुखुम्बु/ पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि आज जहाज उडान भएको छ । प्रतिकूल…
    खेलकुद
    २०८२ असार ७, शनिबार ०६:३० गते

    त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाः नेपाल स्कटल्यान्डसंग पराजित

    काठमाडौँ/ त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा नेपाल आज घरेलु टोलि स्कटल्यान्डसंग पराजित भएको छ…
    देश
    २०८२ असार ६, शुक्रबार ०६:४५ गते

    आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

    सिरहा-रासस । यो आँप पाक्ने याम हो । । सिरहाका बजारमा मात्र होइन सडक किनारका…
    देश
    २०८२ असार ३, मंगलवार ०६:४८ गते

    आँधीमूलमा पर्यटकीय पूर्वाधार निर्माण

    दमौली/ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकस्थित आँधीमूलमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ…
      २०८१ फाल्गुन ६, मंगलवार ०६:४४ गते

      सडक दुर्घटनाः छ महिनामा एक हजार दुई सय ३३ जनाको निधन

      काठमाडौँ/ चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापराहीपूर्वक…
      २०८१ आश्विन १३, आईतवार ०७:१५ गते

      उद्धार गर्दै नेपाल प्रहरी

      तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण राजधानीको विभिन्न क्षेत्रमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धार गर्दै नेपाल प्रहरी । तस्बिरः…
      २०८१ आश्विन १३, आईतवार ०६:५३ गते

      नागरिकको उद्धार गरिँदै

      नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-२ को सितापुर क्षेत्रमा नारायणी नदी बस्तीमा पसेपछि उद्धार गरिँदै । यस क्षेत्रको सितापुर, नन्दपुर, भुताहा, धजाहलगायत…
      २०७७ असार १५, सोमबार १२:३२ गते

      असार १५, धान दिवस विशेष (फोटो फिचर)

      पोखरा, १५ असार विश्वमा फैलिएको कोरोना भाइरसको प्रभाव यस वर्षको रोपाइँ महोत्सवमा पनि पर्यो । जसले पोखरामा धेरै वर्षदेखि निरन्तर…
      २०७७ जेष्ठ २५, आईतवार ०३:४४ गते

      ‘लकडाउन’मा यस्तो देखियो पोखरा (फोटो फिचर)

      नेपाल सरकारले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि सर्वसाधारणलाई घरबाहिर निस्कन रोक…
      Back to top button